२६ जेठ २०८३, मंगलबार

धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

बैशाख ११, २०८१
धादिङ
धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

रूपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा मंगलबार बिहान ट्रकमा एक्कासि आगो लागेको हो ।  केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील विकले बताए ।

गुड्दा गुड्दै एक्कासि आगो सल्किएको हो । आगलागीका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्