
कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा नेपाल आइपुगेका छन् ।
उनको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी छन्।
परराष्ट्र मन्त्रालयका अुनसार एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरीसमेत भ्रमण टोलीमा सहभागी छन्।
उनले आज राष्ट्रपति रामचन्द्र पौडेललाई आजै भेट्ने कार्यक्रम छ ।
भोलि नेपाल र कतारबीच द्विपक्षीय बैठक बस्नेछ।
बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्ने मन्त्रालयले जनाएको छ ।