काठमाडौं, २९ असोज– शनिवार मध्यराति स्वतः विघटन भएको व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपसभामुखमा निर्वाचित भएका थिए । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रमका बीच यादव एमालेमा प्रवेश गरेका हुन् ।
राप्रपा नेपालका तर्फबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख निर्वाचित भएका थिए ।
उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । यादव सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।