०२ साउन २०८३, शनिबार

इलाम २ : सुहाङले बनाए ५ हजार ६७१ को फराकिलो मतान्तर

बैशाख १७, २०८१
विराटनगर
इलाम २ : सुहाङले बनाए ५ हजार ६७१ को फराकिलो मतान्तर

इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मतको अग्रता बनाएका छन् ।

४२ वटा वडामा २६ को गणना भइसक्दा सुहाङले १६ हजार ९ सय ४४ मत ल्याएका हुन् ।

नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ११ हजार २ सय ७३ मत ल्याएर पछ्याइरहेका छन् ।​

फाकफोकथुम , चुलाचुली,  माङ्सेबुङ गाउँपालिका तथा  माईका तीन र देउमाई नगरपालिकाका ५ वटा वडाको गणना भइसक्दा नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले अहिले २ हजार ८०३ मत प्राप्त गरेका  छन् । अहिले देउमाई वडा ६ को मतगणना जारी छ ।

६९ हजार २८७ मत खसेका थियो ।

अहिलेसम्म ४१ हजार ३८३ मत गणना भइसकेको छ । ५६४ मत भने बदर रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्