२० असार २०८३, शनिबार

नक्कली लाइसेन्स प्रकरणमा थप १ जना पक्राउ

बैशाख १७, २०८१
काठमाडौं
नक्कली लाइसेन्स प्रकरणमा थप १ जना पक्राउ

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे छन् ।

उनीसँगै पक्राउ पर्नेको संख्या ३ पुगेको छ ।

यसअघि गत शुक्रवार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करारमा कार्यरत इन्जिनियर हरिश भट्ट पक्राउ परेका थिए ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्