३० असार २०८३, मंगलबार

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

बैशाख १७, २०८१
काठमाडौं
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

झापामा लागुऔसध कारोबारी समात्न प्रहरीले गोली प्रहार गरेको छ।​

प्रहरीको गोली लागेर अब्दुल सरिफ मियाँ घाइते भएका छन्।​

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार मियाँलाई पक्राउ गर्न खोज्दा प्रहरी टोलीमाथि खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएका हो ।

मियाँको घुँडामा गोली लागेको छ।

प्रहरीले मियाँबाट ३० ग्राम खैरो हेरोइन र खुकुरी बरामद गरेको छ।

झापा गाउँपालिका ३ सुकुम्बासी टोलबाट प्रहरीले गोली प्रहार गरी मियाँलाई नियन्त्रणमा लिएको हो।

salt training

कमेन्ट गर्नुहोस्