३१ जेठ २०८३, आइतबार

नयाँदिल्ली पुर्‍याई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

बैशाख २१, २०८१
काठमाडौं
नयाँदिल्ली पुर्‍याई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृत्तिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका-५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडित महिला नयाँदिल्लीबाट २०८० असार १३ गते भाग्न सफल भई नेपाल फर्की मानब बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी दिएपश्चात इलाका प्रहरी कार्यालय तुलसीपुर समेतको समन्वयमा उनलाई पक्राउ गरिएको हो ।

पीडित महिलालाई कुवेत जान लाग्ने सम्पूर्ण खर्च आफै लगानी गरिदिने प्रलोभन देखाई भारतबाट बिदेश जाने प्रक्रिया छिटो हुने भनि विश्वासमा पारी भारतको नयाँदिल्ली पुर्याइ एयरपोर्ट नजिकैको फ्ल्याटमा बन्धक बनाई वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्