२९ असार २०८३, सोमबार

योगेश भट्टराईको दाबी- वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म रहन्छ

बैशाख २२, २०८१
ताप्लेजुङ
योगेश भट्टराईको दाबी- वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म रहन्छ
फाइल तस्वीर

नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारका दलहरूबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् ।

सत्ता साझेदार दलहरूबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले दाबी गरे ।

पत्रकार महासङ्घ ताप्लेजुले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले प्रतिबद्धताअनुसार नै दलहरू अघि बढ्ने बताए ।

छिमेकी देशहरूमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरूलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उनको भनाइ छ ।

कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उनले बताए ।

वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उनको भनाइ थियो । 

उनले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरूलाई सन्तुष्ट बनाएर अघि बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्