३० जेठ २०८३, शनिबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

बैशाख २३, २०८१
कास्की
गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् ।

आइतवार उनले सदनमा विश्वासको मत माग्दै भने - 'यहाँहरू मलाई विश्वासको मत दिनुहुन्छ भन्नेमा ढुक्क छु ।'

चैत २५ मा गण्डकीको मुख्यमन्त्री भएका अधिकारीले एक महिनाभित्र लिनुपर्ने विश्वासको मतका लागि आज आइतवार सदन बोलाइएको थियो ।

गण्डकीमा अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि उनीविरुद्ध सर्वोच्चमा विपक्षी दलले रिट दायर गरेको थियो ।

१७ वैशाखमा सर्वोच्चले उक्त रिट खारेज गर्दै अधिकारीलाई मुख्यमन्त्री कायम गरेको हो ।

६० सदस्यीय गण्डकीमा सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

तर सर्वोच्चको फैसलापछि गण्डकीमा बहुमतका लागि ३० सांसदले पुग्ने व्याख्या भइरहेको छ ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ (सभामुख सहित), कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

यसैबीच राप्रपा प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्रीले मागेको विश्वासको मतको पक्षमा आफू नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्