२७ जेठ २०८३, बुधबार

पार्टी प्यालेसमा बसेर कक्षा १२ को परीक्षा दिइरहेका ४ जना पक्राउ

बैशाख २७, २०८१
काठमाडौं
पार्टी प्यालेसमा बसेर कक्षा १२ को परीक्षा दिइरहेका ४ जना पक्राउ
प्रतीकात्मक तस्वीर ।

पार्टी प्यालेसमा बसेर कक्षा १२ को कम्प्युटर साइन्सको उत्तरपुस्तिका लेखिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं सरस्वतीनगरका माधव त्रिपाठी, दक्षिणकालीका सबिन पौडेल, कागेश्वर मनहराका सितेशकुमार यादव र थलीका रोशन रानाभाट छन् ।

उनीहरूले बुधबार काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा अनधिकृतरुपमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषय (कम्प्युटर साइन्स)कै उत्तर हल गरिरहेको अवस्था प्रहरीले फेला परेको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले उत्तर पुस्तिका कसरी पार्टी कार्यालयमा पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्