२८ असार २०८३, आइतबार

दाङमा दुई महिलाको हत्या, घटनामा संलग्न भएको आशंकामा एक व्यक्ति पक्राउ

बैशाख २९, २०८१
काठमाडौं
दाङमा दुई महिलाको हत्या, घटनामा संलग्न भएको आशंकामा एक व्यक्ति पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको छ । 

हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता सुनार र रुकुम घर भई सोही ठाउँ बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्