१४ असार २०८३, आइतबार

ललितपुर आगलागी: एकै परिवारका तीनको मृत्यु, दुई जना अझै गम्भीर घाइते

बैशाख ३१, २०८१
काठमाडौं
ललितपुर आगलागी: एकै परिवारका तीनको मृत्यु, दुई जना अझै गम्भीर घाइते

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई छोरीपछि आमाको पनि मृत्यु भएको हो । 

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरूलाई उपचारार्थ ग्वार्कोस्थित किस्ट अस्पतालमा लगिएको थियो ।

२४ गते सञ्जयका छोरीहरू क्रमशः ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । सञ्जकी श्रीमती ३२ वर्षीया रुपा गिरीको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । 

सञ्जयको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको सुवेदीले बताए । सञ्जयका भतिज नाता पर्ने १५ वर्षीय नित गिरीको पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्