१० साउन २०८३, आइतबार

‘स्ट्रिप च्याट’मार्फत अश्लील हर्कत गरेको आरोपमा युवती पक्राउ

बैशाख ३१, २०८१
काठमाडौं
‘स्ट्रिप च्याट’मार्फत अश्लील हर्कत गरेको आरोपमा युवती पक्राउ

‘स्ट्रिप च्याट’मार्फत बालबालिकाहरुलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरीकी अञ्जली अधिकारीलाई पक्राउ गरेको छ ।

आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी ‘अनलाइन टाइपिङ’को रोजगारी दिलाइदिने नाममा अधिकारीले अश्लील कार्य गर्न लगाएको प्रहरीको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार अधिकारीले सामाजिक सञ्जालमा ‘स्ट्रिप च्याट : फ्रि लाइभ सेक्स क्याम्स एण्ड एडल्ट च्याट विथ न्याकेड गर्ल्स’ नामको एकाउन्ट खोलेर लाइभ भिडियो च्याटमा बस्दै आएकी थिइन् ।

‘च्याटमा आएका बालबालिकाहरुसँग अधिकारीले अश्लील कुराकानी गर्न लगाउने, बढी आम्दानी गर्नको लागि शरीरको कपडा खोल्न लगाउने र यौनाङ्ग देखाउनुपर्ने भन्दै आएकी रहिछिन्', रेग्मीले भने, ‘यौनाङ्ग प्रदर्शन गरेपछि त्यो भिडियोलाई अश्लील सामग्रीको रुपमा प्रयोग गर्ने गरेको देखियो ।’

अनुसन्धान कार्यालयले अधिकारीलाई गोकर्णेश्वर नगरपालिका–माकलबारीबाट नियन्त्रणमा लिएको हो ।

१९ वर्षीया अधिकारीविरुद्ध बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा कारबाहीको लागि प्रहरी परिसर टेकुमा पठाइएको जानकारी रेग्मीले दिए ।

salt training

कमेन्ट गर्नुहोस्