२६ असार २०८३, शुक्रबार

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथासिघ्र सञ्चालन गरिने

जेठ १, २०८१
काठमाडौं
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथासिघ्र सञ्चालन गरिने

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथासिघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

‘राष्ट्रका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री अत्यावश्यक गोलीगठ्ठा र विष्फोटक पदार्थ लत्ताकपडालगायत अन्य सैन्य सामग्री उत्पादनमा आत्मनिर्भरता हुँदै जाने नीति लिइने छ,’ उनले भने, ‘मुलुकको सुरक्षा प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणाको विकास गर्दै यी विषयमा उच्चस्तरीय अध्ययन अनुसन्धान र प्राज्ञिक विमर्शलाई प्रबर्द्धन गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथासिघ्र सञ्चालन गरिने छ ।’

यस्तै राष्ट्रिय सुरक्षा नीति एवं कार्ययोजनाका आधारमा राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ गरिने पनि सरकारले नीति लिएको छ ।

‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता एवं राष्ट्रियहीत र स्वार्थ रक्षाका लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने छ,’ उनले भने, ‘नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम तथा भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्