
साढे दुई किलो कोकिनसहित तीन जनालाई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना युगाण्डा र एक जना भारतीय नागरिक छन् ।
उनीहरूले इथियोपियाबाट दुई किलो परिमाणको कोकिन नेपाल ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार कोकिनसँगै अन्य लागूऔषध बरामद गरिएको छ ।
ब्यूरोले आज एक बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।