२२ असार २०८३, सोमबार

कानून व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिले गरे उद्‌घाटन

जेठ ४, २०८१
काठमाडौं
कानून व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिले गरे उद्‌घाटन

​​राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्‌घाटन गरेका छन् ।

‘सक्षम कानून व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आजदेखि शुरू भएको तीन दिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।

नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्