२२ असार २०८३, सोमबार

सिप सिकेर विदेश जाने बढे

जेठ ७, २०८१
काठमाडौं
सिप सिकेर विदेश जाने बढे

वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा
सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । 

वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ ।

गएको वैशाख महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५२ हजार १७७ जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका
छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्