२१ असार २०८३, आइतबार

चीनमा मानव तस्करी गर्ने एक महिला पक्राउ

जेठ ७, २०८१
काठमाडौं
चीनमा मानव तस्करी गर्ने एक महिला पक्राउ

विवाहको वहाना बनाएर चीन पुर्‍याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको खुल्न आएको जानकारी दिए ।

      “पक्राउ परेकी घलेले चिनीयाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौँ लगेर ललाई फकाई ‘कोर्ट म्यारिज’ गरिदिएको अनुसन्धानमा खुल्न आएको छ,” उनले भने । विवाह गरी चीनमा पु¥याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकी महिलाले रु पाँच लाख लिएर बेचविखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले बताए । काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्