१९ असार २०८३, शुक्रबार

बालुवाटारमा सत्तापक्षसँग सहमति नभएपछि कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

जेठ १४, २०८१
काठमाडौं
बालुवाटारमा सत्तापक्षसँग सहमति नभएपछि कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

सहकारीमा नागरिकको अरबौं रुपैयाँ अपचलन भएको विषयमा छानबिन समिति गठनमा सकस भइरहेका नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेपछि कांग्रेसले आन्तरिक छलफलका लागि सोमबार दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

‘प्रधानमन्त्रीले बालुवाटारमा सत्तापक्ष र विपक्षसँग अनौपचारिक गर्नुभयो । हामीले हाम्रा कुरा राख्यौं । सत्तापक्षको आफ्नो अडान छ', परियारले भने, ‘सत्तापक्षले कहिले हाम्रो प्रस्तावलाई ठीक छ भन्ने । तर कहिले प्रस्ताव ठीक छैन भनेर टारिरहने र अल्झाइरहनेमा सत्तापक्ष देखिएको छ । हाम्रो कुरा राखेर फर्किएका छौं । अब १ बजे कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर फेरि साँझसम्मका प्रधानमन्त्रीसँग छलफल गर्छौ ।’

कांग्रेस सहकारी प्रकरणको छानबिन गर्न गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडानबाट पछि हट्दै गोर्खा मिडियामा आएको रकमको अनुसन्धान, यहाँका पदाधिकारीले गरेको अपचलनको छानबिन गर्नेसम्म आइपुग्दा पनि सत्ता पक्षले आलटाल गर्न खोजेको परियार बताउँछन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, मुख्य सचेतक रमेश लेखकसहितका नेता बालुवाटार पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्