२२ असार २०८३, सोमबार

पाकिस्तानको क्वेटामा बम विस्फोट, सात प्रहरीको मृत्यु

कात्तिक २०, २०७४
पाकिस्तानको क्वेटामा बम विस्फोट, सात प्रहरीको मृत्यु

काठमाडौं, १ कात्तिक — पाकिस्तानको क्वेटामा बुधवार भएको बम विस्फोटमा सात प्रहरीको मृत्यु भएको छ भने २२ प्रहरी घाइते भएका छन् ।


पैंतीस प्रहरीहरूलाई लिएर गएको एक प्रहरी वाहन उक्त इलाका भएर जाँदै गर्दा बम विस्फोट भएको थियो ।

क्वेटाको सरकारी अस्पतालका प्रवक्ता वसीम वेगले सात मृत्युको पुष्टि गरे । बलूचिस्तानका गृहमन्त्री सरफराज बुगतीले भने, ‘आतंकवादविरुद्धको लडाईं अझै सकिएको छैन । बलूचिस्तान यो लडाईंमा अग्रपंक्तिमा रहनेछ र यस क्षेत्रबाट आतंकवादीहरूको सफाया नहुन्जेल रोकिने छैन । यो कायर आक्रमणले हाम्रा सुरक्षाबललाई कर्तव्य निर्वाह गर्नबाट रोक्न सक्दैन ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्