२६ असार २०८३, शुक्रबार
सहकारी ठगी प्रकरण

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिका ७ सदस्यको नाम तय, कुन पार्टीबाट को ?

जेठ १५, २०८१
काठमाडौं
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिका ७ सदस्यको नाम तय, कुन पार्टीबाट को ?

सहकारी ठगी सम्बन्धमा छानबिनका लागि  गठन हुने समितिका सदस्यहरूको टुंगो लागेको छ ।​​

सूर्यदर्शन, सुप्रिमसहित २९ सहकारीका सम्बन्धमा छानबिनका लागि ७ सदस्यीय समिति गठन हुन लागेको हो ।

उक्त समितिमा कांग्रेस र एमालेबाट २/२ तथा माओवादी, रास्वपा र राप्रपाबाट १/१ सदस्य छन् ।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहनेछन् ।

३ महिनाका लागि गठन हुने समितिले समस्याग्रस्त २९ सहकारीका सम्बन्धमा छानबिन गर्नेछ । 

साथै, विभिन्न सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे पनि त्यसका सञ्चालकहरू माथि छानबिन गर्ने समितिको टीओआरमा उल्लेख छ ।

हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तत्कालीन अवस्थामा गोरखा मिडियाका म्यानेजिङ डाइरेक्टर थिए ।

मंगलबार साँझ बस्ने प्रतिनिधिसभा बैठकबाट समिति गठन गर्ने समझदारी दलहरूबीच भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्