०१ साउन २०८३, शुक्रबार

प्रहरीको उमेर हद अध्ययन गर्न गृहले बनायाे सात सदस्यीय कार्यदल

जेठ १७, २०८१
काठमाडौं
प्रहरीको उमेर हद अध्ययन गर्न गृहले बनायाे सात सदस्यीय कार्यदल

गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । 

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका कानून उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेको कार्यदल बनाइएको हो ।  

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्