२१ जेठ २०८३, बिहीबार

७२ लाख रुपैयाँसहित २ जना पक्राउ

जेठ २०, २०८१
काठमाडौं
७२ लाख रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- २४ न्युरोड बस्ने भोजपुरका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । 

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ७ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट शनिबार साँझ पक्राउ गरेको हो ।

उक्त गेष्ट हाउसमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्