
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगरनगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग लिएको घुस सकमसहित पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार नगरपालिकाको इन्जिनियर भन्ने रमेशकुमार चौधरीले विद्यालयको बाउन्ड्री वाल निर्माणपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।
आयोगको बर्दिबासबाट खटिएको टोलीले रमेशकुमार चौधरी र गुरुदेव यादवलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
साथै अख्तियारले उनीहरूको साथबाट १ लाख ७५ हजार रुपैयाँको चेकसमते बरामद गरेको थियो ।