
बारामा करिब ८० किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका १० रिकाटारका २५ वर्षीय मानबहादुर वाइबा र मकवानपुर राक्सिराङ गाउँपालिका ५ का २६ वर्षीय सुमन स्याङ्तान रहेका छन् ।
उनीहरूलाई प्रहरीले शनिबार दिउँसो जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित सडकबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट करिब ८० किलोग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा १० च ३६१९ नम्बरको कारमा उक्त गाँजा बरामद भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।