
नेकपाका महासचिव नेत्र विक्रम चन्द बिप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अबलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिम सहित चितवन पुगेका हुन् ।
नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय उत्पादन विभाग गठन गरि पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिव ४ विघा क्षेत्रमा मकै ,कृषि औजार र सिचाईको लागी आधुनिक बोरिङ्ग गाडिएको छ ।
सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लव शुक्रबार र शनिबार अबलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने बिषयमा स्थानीय पार्टी नेतृत्व संग छलफल गरेको नेकपाले बताएको छ ।
नेकपाले चितवन,पुर्वको सुनसरी,झापा,पश्चिम नेपालको बांके,बर्दिया र पार्टी मुख्य कार्यलय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागीतामा खेतीपाती गर्दै आएको छ ।
यसैबीच विप्लव र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विच माडीमा भेटवार्ता भएको छ । दुई नेताहरूको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको महासचिव विप्लव सचिवालयले जनाएको छ ।