
भोजपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अरुण गाउँपालिका- ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ छन् ।
६८ वर्षीया निरकुमारी तामाङलाई खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मिलनले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।