२१ असार २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

जेठ २८, २०८१
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच शिष्टाचार भेटवार्ता भएको छ ।

विदेशमन्त्री जयशङ्करले ​भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग सोमबार नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

सो अवसरमा दुवै देशका उच्च प्रतिनिधिमण्डलको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसअघि प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्