१२ असार २०८३, शुक्रबार

सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

जेठ २८, २०८१
काठमाडौं
सेन्चुरी बैंकका पूर्वअध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन् ।

उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।​

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।

धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप उनीहरूमाथि छ ।

कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले २०८० फागुन १५ गते पक्राउ गरेको थियो ।​

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्