
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेसन, यूपी)अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजामती सेवाको कम्प्युटर अपरेटर पदमा नियुक्ति लिएको पाइएको थियो ।
त्यसपछि बढुवा भई हाल शाखा अधिकृत (सातौं तह)मा बहाल रही साहले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।