२१ असार २०८३, आइतबार

क्याम्पस प्रमुखको हत्या प्रकरण : दुई जना समातिए

जेठ ३२, २०८१
काठमाडौं
क्याम्पस प्रमुखको हत्या प्रकरण : दुई जना समातिए
मृतक

बारामा क्याम्पस प्रमुखको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना बारा निवासी भएको प्रहरीले जनाएको छ । 

शुक्रबार कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या भएको थियो । 

प्रहरीका अनुसार आर्दशकोतवाल गाउँपालिका वडा नं २ खजुरियास्थित घरबाट कलैयातर्फ फर्कने क्रममा २ वटा मोटरसाइकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहालाई बतरा भन्ने स्थानमा गोली प्रहार गरेको थियो । 

कुशवाहाको पिठ्युमा १ राउण्ड गोली लागेकोमा उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको हो।  

salt training

कमेन्ट गर्नुहोस्