संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि अबेईमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्ति सैनिकहरू यूएन चार्टड फ्लाइटमार्फत २०८१ जेठ ३२ गते शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।
यस्तै, उक्त मिसनमा दोस्रो डफ्फाका ६७ जना शान्ति सैनिकहरू २०८१ असार २ गते आइतबार स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा १०६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
अबेई सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती क्षेत्र हो ।