२८ असार २०८३, आइतबार

हत्या आरोपमा तीन पक्राउ

असार ३, २०८१
काठमाडौं
हत्या आरोपमा तीन पक्राउ

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ । 

भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए । 

तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

 पक्राउपछि भागरथीले आफूले नै वीरभानको हत्या गरेको स्वीकार गरिसेकेकी छन् । उनले चिर्पटले हानेर वीरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाइ छ । 

यही असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्द प्रयोग गरेपछि सहन नसकेर चिर्पटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ ।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार भागरथीको घरबाट खेतको आली हुँदै पाँच सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्