२२ असार २०८३, सोमबार

मन्थलीका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

असार ४, २०८१
रामेछाप
मन्थलीका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिइएको छ । 

सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले पालिका क्षेत्रका २० जनालाई २० दिने तालिम दिएको उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिइन् । 

तालिमका क्रममा पञ्चेबाजामा प्रयोग हुने दमाहा, टेम्को र ढोलक, सनाइ, झ्याम्टालगायत परम्परागत बाजा बनाउन सिकाइएको उनले बताइन्। 

यी सामान लाम्पातेको काठ, बाख्रा, गोरु, भैँसीलगायत जनावरको छालाबाट बनाउने गरिन्छन् । 
कच्चापदार्थको अभाव, छाला ढुवानीलगायत समस्याका कारण पछिल्लो समय यो पेसा संकटमा छ । 

तालिमका प्रशिक्षक जब्बरबहादुर वादीले कच्चापदार्थको अभाव र नयाँ पुस्ताको अरुचिका कारण पेसा संकटमा पर्न थालेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्