०३ असार २०८३, बुधबार

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण चर्चाले तरंग

असार ६, २०८१
काठमाडौं
विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण चर्चाले तरंग

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पुरानो पार्टी सदस्यता ब्युँताउने विषय सदनमा प्रवेश गरेको छ। उनी नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति भएकी थिइन् ।

एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन्।

भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा चलेसँगै राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने सेवासुविधाका विषयमा सरकारले नियमन गर्नुपर्ने सांसदहरूले कुरा उठाएका छन्। गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्