०३ असार २०८३, बुधबार

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता

असार ७, २०८१
काठमाडौं
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।

विशेषले गरेको फैसलामा आयोगलाई चित्त नबुझी शुक्रबार सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले आंशिक दाबी पुग्ने फैसला गरेको थियो । विशेषको सोही फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।​

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले ऋषिराम अर्याल, लक्ष्मीदेवी उपाध्याय अर्याल, सुशील अर्याल र सुनिल अर्याललाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो ।

प्रतिवादी ऋषिराम अर्यालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३५ असोज ३ गतेदेखि २०७६ असार मसान्तसम्मको जाँच अवधिमा वैध आय आर्जन ८ करोड ७७ लाख २७ हजार ४८३ रुपैयाँ रहेको पाइएको थियो ।

यस्तै, सही अवधिमा विभिन्न शीर्षकमा गरिएका लगानी तथा खर्च २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँ रहेको पाइएको आयोगले जनाएको छ ।

यसरी उनको आम्दानी र  खर्चको लेखा-जोखा गर्दा १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ स्रोत नखुलेको आयोगले जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्