०२ साउन २०८३, शनिबार

पहिरोले घर बगाउँदा लमजुङमा एकै परिवारका ४ जना बेपत्ता

असार १२, २०८१
काठमाडौं
पहिरोले घर बगाउँदा लमजुङमा एकै परिवारका ४ जना बेपत्ता

 पहिरोले घर बगाउँदा लमजुङमा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । 

क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा गएराति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले बताए । 

बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ छन् ।  बेपत्ताको खोजी भईरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्