३० जेठ २०८३, शनिबार

अछाम र दैलेखका विभिन्न ठाउँमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

असार १३, २०८१
काठमाडौं
अछाम र दैलेखका विभिन्न ठाउँमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

अछाम र दैलेखका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ । 

अछामको मंगलसेन र दैलेखको डण्डालगायत स्थानमा गएराति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार मंगलसेन र डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको हो । 

यी क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने विभागको अनुमान छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्