
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानसँगै कोशी, बागमती र लुम्बिनीका एक-दुई स्थानमा बिहानेदेखि वर्षा भइरहेको छ ।
मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ।