२२ असार २०८३, सोमबार

तीनपाने रक्सी विदेश सप्लाई गरौं, जनजातिको जीवनस्तर उठ्छ– सांसद श्रेष्ठ

असार १३, २०८१
काठमाडौं
तीनपाने रक्सी विदेश सप्लाई गरौं, जनजातिको जीवनस्तर उठ्छ– सांसद श्रेष्ठ

नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले कोदो र चामलबाट बन्ने तीनपाने रक्सीलाई ‘ब्राण्डिङ’ गरेर विदेश निर्यात गर्न प्रस्ताव गरेकी छिन् । तीनपानेलाई विदेश सप्लाई गर्न सके देशको आर्थिक अवस्था र जनजातिको जीवनस्तर माथि उठ्ने उनले बताइन् । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले कोदो खेतीका लागि चैते धानजस्तो देशभर कोदो उत्पादनमा जोड दिन माग गरेकी हुन् । 

‘जनजातिको सीपले बनाइने कोदो र चामलको तीनपाने अर्ग्यानिक रक्सीलाई ब्राण्डिङ गरेर बोतलमा विदेश सप्लाइ गरौं, देशको आर्थिक अवस्था पनि सुध्रिन्छ, जनजातिको जीवनस्तर पनि उठ्छ,’ सांसद श्रेष्ठले भनिन् ।

नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ तामाङले पनि तीनपाने रक्सीलाई ब्राण्डिङ गर्ने कुराको समर्थन गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्