२२ असार २०८३, सोमबार

एसईईमा फेल भएपछि एउटै विद्यालयका दुई छात्राले गरे आत्महत्या

असार १५, २०८१
बुटवल
एसईईमा फेल भएपछि एउटै विद्यालयका दुई छात्राले गरे आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फेल (नन ग्रेडेड) भएपछि रूपन्देहीका दुई विद्यार्थीले आत्महत्या गरेका छन । 

एसईई परीक्षामा फेल भएपछि जिल्लाको देवदह नगरपालिकाको एक बोर्डिङ स्कूलका विद्यार्थी पूजा न्यौपाने र सृष्टि गुप्ताले आत्महत्या गरेका हुन । 

१५ वर्षीया पूजा र १८ वर्षीया सृष्टिले आफ्नै घरमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक (इन्पेक्टर) दीपेन्द्र बानियाँले लोकान्तरलाई जानकारी दिए । 

उनीहरू दुवै एसईई परीक्षामा अनुत्तीर्ण भएका थिए ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । 

बोर्डले यसपालि प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार नतिजा सार्वजनिक गरिएको थियो । 

परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परेका छन् ।

एसईई परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ६५ जना विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत मात्रै कक्षा ११ मा भर्ना योग्य भएका छन् । बाँकी २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी ननग्रेडिङमा परेका हुन्  । यीमध्ये १ लाख १५ हजार ८ सय ३४ जना विद्यार्थी दुई विषयमा फेल भएका छन् ।

यद्यपि 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले  दुईभन्दा बढी विषयमा 'नन ग्रेड' ल्याएका सबै विद्यार्थीहरूले परीक्षा दिन पाउने गरी निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्