३० जेठ २०८३, शनिबार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकः यस्तो छन् निर्णय

असार १६, २०८१
काठमाडौं
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकः यस्तो छन् निर्णय

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । 

बैठकले देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । 
यस्तै अधिक वर्षा हुने समय आउॅदै गरेकाले सजग र सचेत रहन पनि राप्रपाले आम जनसमुदायमा हार्दिक अपील गरेको छ । 

साथै, विपद व्यवस्थापनको आवश्यक पूर्व तयारी गर्न, सरकारको सबै संयन्त्र परिचालन गर्न बैठकले  सरकारको गम्भीर ध्यानाकर्षण गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

यस्तै खेतीको समय शुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । 
यसैबीच  राप्रपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित गरिएको छ । 

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २०८२ बैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । स्थानीय तहको आगामी निर्वाचन लगायतका निर्वाचनहरुलाई ध्यान दिइ राप्रपाले पार्टीको सबै तहको चाँडो निर्वाचन गर्ने तयारी गरेको श्रेष्ठले बताए । 

 अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका समेत समावेश गरिएको छ । केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने गरी बैठकले निर्णय गरेको छ। 

साथै, जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिशमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय गरिएको श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्