२२ असार २०८३, सोमबार

नियमित कर बुझाउने करदातालाई सम्मान

असार १७, २०८१
काठमाडौं
नियमित कर बुझाउने करदातालाई सम्मान

कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका  एक संस्था र २४ जनालाई  सम्मान गरेका हुन् । 

सम्मानितहरूले पहिलो चौमासिक र दोस्रो चौमासिकमा कर बुझाउनेलाई छुटको व्यवस्था गरे समयमै बुझाउने बानी विकास हुने बताएका छन् । यसैगरी उनीहरूले नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताए ।

नगर प्रमुख थारूले नियमित कर बुझाउने नागरिक असल करदाता भएको बताइ । 

कर बुझाएको रकम विकासका लागि आउने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्