
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ ।
आइतबार बसेको पार्टी संसदीय दलको सचिवालय बैठकले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।
केन्द्रीय अध्यक्षसमेत रहेकी श्रेष्ठलाई हटाएर बुहमत सदस्यले गंगा चौधरीलाई दलको नेता चयन गरेका हुन् ।
चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ ।
लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् । नाउपा केन्द्रमा चार सांसद छन् । ती मध्ये तीन जनाले निर्णयमा हस्ताक्षर गरेका छन् ।