२१ जेठ २०८३, बिहीबार

बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने अदालतको फैसला

असार १७, २०८१
काठमाडौं
बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने अदालतको फैसला

बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन भनिने रामलाल बन्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ ।

अदालतका श्रेस्तेदार सदन अधिकारीका अनुसार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार यो सजाय निर्धारण गरेको हो ।

उनलाई १० वर्ष कैदको सजाय तथा ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसला भएको हो । यसअघि उक्त मुद्दाका दुई जना प्रतिवादीलाई सफाइ दिइएको थियो ।

यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर थियो ।

अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् ।

‘लिटिल बुद्ध’ भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ ।

बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप उनीमाथि छ ।

salt training

कमेन्ट गर्नुहोस्