२२ असार २०८३, सोमबार
एमाले सचिवालय बैठक

भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

असार १८, २०८१
काठमाडौं
भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरेको छ ।

मंगलबार च्यासलमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६(२) अनुसारको सरकार निर्माणको लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 

संसद्‌मा ८८ सिट भएको कांग्रेस र ७७ सिट भएको एमाले मिलेर सरकार बनाउने समझदारी गरेका छन् ।

तर प्रचण्डले राजीनामा नदिएसम्म वा उनले विश्वासको मतको सामना गर्ने निर्णय लिए नयाँ सरकार गठनको प्रक्रिया लम्बिन सक्ने पनि देखिएको छ । 

त्यस्तै एमाले बैठकले कांग्रेससहित बन्न लागेको नयाँ सत्ता समीकरणमा सहभागी हुन संसद्‌मा रहेका दललाई आह्वान समेत गरेको छ ।

‘एमाले र नेपाली कांग्रेसको सहमतिअनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्व योगदान गर्न संसदमा रहे सबै दलहरुलाई आह्वान गर्ने निर्णय भएको छ,’ भट्टराईले भने ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको थियो ।

जसमा दुई वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र त्यसपछि डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।

संसदमा रहेका पहिलो र दोस्रो दलले निर्वाचन प्रणाली, प्रतिनिधिसभा, प्रदेशसभाको सिट संख्या हेरफेरको लागि संविधान शंसोधन गर्ने पनि सहमति गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्