३१ असार २०८३, बुधबार

एकीकृत समाजवादीको महाधिवेशनः दस्तावेजबारे प्रतिनिधिबीच सामूहिक छलफल

असार १८, २०८१
काठमाडौं
एकीकृत समाजवादीको महाधिवेशनः दस्तावेजबारे प्रतिनिधिबीच सामूहिक छलफल

नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलवार राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरूबीच सामूहिक छलफल गरिएको हो । 

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित बुधवार बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ । 

बैठक बुधवार बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्