२१ असार २०८३, आइतबार
वर्षाको बितण्डा

काठमाडौंको नागार्जुनमा पहिरोमा परी एक जनाको मृत्यु

असार २२, २०८१
काठमाडौं
काठमाडौंको नागार्जुनमा पहिरोमा परी एक जनाको मृत्यु

काठमाडौं उपत्यकामा अविरल वर्षासँगै आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

शनिवार बिहान नागार्जुन नगरपालिका ३ स्थित सिङ्गल ट्रीनजिकै गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

पहिरो आएर ट्रपिकल रेस्टुरेन्टको किचनको कोठा पुरिँदा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल सोही रष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज बिक घाइते भएका थिए ।  

तत्कालै उनलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । अवस्था गम्भीर रहेका उनको उपचारका क्रममा मृत्यु भएको  प्रवक्ता मैनालीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्