स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर मृत्यु भएको हो । उनीहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो ।
बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन् ।
उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।