२१ असार २०८३, आइतबार

दिव्यश्वरी प्लानिङ क्षेत्रमा डुबानमा परेका ​५६ जनाको उद्धार

असार २२, २०८१
काठमाडौं
दिव्यश्वरी प्लानिङ क्षेत्रमा डुबानमा परेका ​५६ जनाको उद्धार

बाढीले डुबानमा परेका भक्तपुरका ५६ जनालाई उद्धार गरिएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रमा बाढीले डुबानमा परेका १८ टहरामा बस्ने ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

उद्धार गरिएकामा ३० जना पुरुष, २० महिला र ६ जना बालबालिका रहेका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका तीनवटै जिल्लामा सम्भावित विपद् व्यवस्थापन तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्